Pragatishil Paila (Book)

(प्रगतिशील युवा समूह को १५ औ बार्सिकउत्सबको शुभअबसरमा प्रकाशित बिसेशांक )



((((प्रगतिशील       पाईलाहरु))))*
·                      
·                      
·                      
·                      
·                      
·                      
·                      
 मुद्रण ----   जनप्रकाशन  प्रा. ली .बुटवल - चन्द्रनगर ,फ़ोन  -०७१-५४१२१

   ***********सम्झनासमर्पण************                                                                ·                     

             प्रगतिशील कपरकोट युवा समूह लिम्घा गुल्मी को १५ बार्सिकउत्सब को पावन घडीमा  प्रगतिशील पाईलाहरु  नामक बिसेषांक प्रकाशित गर्न पाउदा हामी हर्ष बिभोर भयका छौ | लिम्घेली युवा समूहहरु को इतिहासमा पृथक अनुकरणीय कार्य गर्दै आएको यो समूहले फेरी अर्को इट्टा थप्ने जमर्को गरेको |लिम्घा गबिस यो समूहलाई संसारै भरी परिचित गराउनु यसको मुख्य उद्देस्य रहेको | नव  प्रतिभाको अंकुरण हुन यो बिसेषांक सहायक हुनेछ भन्ने आशा लीएका  छौं |
           
एउटा  परिवार सभ्य भए टोल सभ्य हुन्छ , टोल सभ्य भए रास्ट्र नै सभ्य  हुन्छ | त्येसैले समूह सभ्यताको मुहान बन्नुपर्छ |अब सिर्जनशील , चेतानामुलक ,प्रगतिशील उपलब्धिमूलक कम गर्न यो बिसेषांकले प्रेरित गर्नेछ भन्ने बिस्वास लिएका छौं | आज यो बिसेषांक यहाँ सम्म ल्याई पुराउन सहयोग गर्ने संघ संस्था तथा ब्याक्तिहरू ,अभिभावकहरु ,बाजार ब्यबस्थापनमा सहयोग गर्ने साथिहरु ,संपूर्ण बीज्ञापनदाताहरू समूहका सदस्यहरु प्रबिधिगत सहयोग गर्ने रेडियो जागरण  बुटवल प्रति आभार प्रकट गर्दछौ | यो समुहको पहिलो पाईला हो | त्येसैले कतिपय त्रुटी हुन सक्छ | तपाई को अमूल्य सुझाब सल्लाहाको आशा गर्दछौ | तपाईको माया पाए यी पाईलाहरुले शिखर चुम्ने  | 
*********** प्रमुख ब्यबस्थापक -होम परियार***************
 
 सम्पादकीय 
                      लिम्घा गबिसमा करीब आधा दर्जनभन्दा बढ़ी युवा समूहहरु सक्रिय छन  |भौगोलिक निकतालाई प्रमुख अधर मानेर स्थापित    यस्ता समूहमा युवा तथा किशोर किशोरीहरुको प्रमुख सहभागिता हुने गरेको | प्राय समुहको उधेस्य एक आपसमा सामान देखिन्छ | नया परिवेश संगै नया दायित्व बहन गर्नु युवा समुहको दायित्व हो   कतिपय  समूहले बिकास  निर्माणका कमलीपनि
                              प्राय समुहको काम भलिबल खेल्नु नाचगान गर्नी मात्रै भएको देखिन्छ |एउटा समुदायमा अनेक प्रतिभा हुन सक्छन |सबै  प्रतिभा लाई प्रस्फुटन गर्ने अबसर समूहले प्रदान गर्नुपर्छ | शैछिक  चेतनामुलक कार्य लाई पनि उच्च प्रथामिकतामा राख्नु पर्छ | किताबी किरो भएर प्रमाण पत्रको चांग लगाऊदैमा मात्र ब्याक्तिको    सर्बंगिण बिकास भएको मान्न सकिदैन | सभ्य समाज निर्मणका लागि समुहामा घुलमिल हुन , एकताबध्ध हुन सहकार्य गर्दै अगाड़ी बढ्नु अपरिहार्य | कतिपय  समूहले बिकास निर्माणका काम  लाई पनि अति महत्त्व दियका छन | यो सकारात्मक कुरा हो | यो समुदायको हित हुने कार्यमा सबै समूह एकजुट भएर लाग्नु जरुरी | अर्को महत्वपूर्ण कुरा समूह सभ्य हुनु पर्दछ |स्वाभाविकरुपमा युवाहरूले गरेको कार्यको असर हमरा सनासाना बालबालिका मा अवस्य पर्छ |भोली बिहान उनीहरूले हाम्रो सिको गर्ने छन |बालबालिकाले सिक्ष| प्राप्त गर्ने तेस्रो पाठशाला समूह बन्नू पर्छ |
                      त्येसैले बदलिदो समयको यो दायित्व सबैले पूरा गरौ |प्रगतिशील कामलाई सहयोग समर्थन गरौ |प्रगतिशील बनौ |
************अध्यक्षको मन्तब्य****************
                प्रगतिशील कपरकोट युवा समूहले १५ औं बर्स पर गरि सकेको |यसै अवसरमा पृथक प्रयास स्वरुप प्रगतिशील पाईलहरू नामक बिशेशांक प्रकाशित गरेका छौ |यो समूह लिम्घा गबिसमै बेग्लै पहिचान सहित अगाड़ी बढ्दै | यसै क्रममा यो समुहलाई यह सम्म ल्याई पुर्युना हमरा अग्रज दाजू दिदिहरू तथा अभिभावकको योगदान अत्लानीय | यस समुह्मा संलग्न रहेर पूरण खासु , यम बहादुर खासु ,सूर्य बिक्रम राना ,चुरा बहादुर पल्ली ,मेहर सिंग खाप्तरी , नर बहादुर खासु लगायत का अग्रजहरूले     निकै गुण  लगौणु भएको |हाम्रा अभिभावाकहरु जित बहादुर पल्ली ,स्वर्गीय जित बहादुर नेपाली ,मोतीलाल खप्तरी नेत्र परियार ,सूर्य राना ,हर्क बहादुर राना ,नन्द केसर राना आदि बाट निरंतर मार्गदर्शन पाईरहेका थियौ छौ |समूह संग  प्रत्यक्ष संलंग्न नरहर पनि लिम्घा उपस्वास्थ्य चौकीका इंचार्ज हेमराज पन्थी ,शिक्षक दान बहादुर राना ,निवर्तमान वडा अध्यक्ष नर सिंग शाही लगायत बाट सधै सहयोग समर्थन पाएका छौ |कुनै बेला समूहमा सक्रीय हुनु भएका दीदीबैनीहरु बिवाह पछि कर्म घर गएपनी उहाहरुको योगदान स्मरणीय |त्यसै गरि बिगात्मा समूहमा सक्रीय भएर हल देश बिदेशमा रहनु भएका दाजू भई तथा दीदी बहिनिहरूले समुहलाई हरेक तवरले सहयोग समर्थन गर्नुभएको |प्रगतिशील पाईलहरू बिसेशांका प्रकाशन गर्न सहयोग पुर्याउने संपूर्ण प्रति यो समुहको १५ औं बार्सिक उत्सब सम्पन्न गर्न सहयोग पुर्याउने संपूर्ण प्रति हरिदिक आभार प्रकट गर्दछु |             अध्यक्ष  लाल बहादुर खप्तरी
श्री प्रगतिशील युवा समूहएक जानकारी -तिलबिर खप्तरी 
             गुल्मी जिल्लाको पूर्बी भागमा रहेको गबिस मध्य लिम्घा गबिसको वडा नम्बर मा रहेको समुहको नाम श्रे प्रगतिशील कपरकोट युवा समूह हो |यो समूह युवाहरुको नेतृत्व मा संचालित एउटा संस्था हो | यस समुहको स्थापना वी . २०५२ सालमा युवाहरुकै सक्रियतामा भएको थियो |युवाहरुकै नेतृत्व भएपनि यस समूहलाई समाजका अभिभावक ,बुध्दिजीवी तथा शुभचिंतक हरुको सहयोग सल्लाह साथै मार्गदर्सन सधै पूर्ण रुपमा रहदै आएको  |अन्य संघ सस्थामा जस्तै यस समूहमा पनि ११ सदस्यीय सञ्चालन समिति रहेको  भने सल्लाहकार समिति पनि रहेको |अर्को तर्फ समुहलाई सधै उचित बाटोमा मार्गदर्सन गर्नका लागि अभिभ्वाखारुको पनि ११ सदस्यीय समिति खड़ा गरिएको   |
 "एक ठुकी सुकी सय थूकी नदी " भन्ने उखानलाई मध्यनजर गरि श्री प्रगतिशील कपरकोट युवा समुहको स्थापना भएको हो | सामूहिक रुपमा कार्य गर्दा कुनै पनि काम सहज रुपमा पूरा गर्न सकिन्छ भन्ने उधेस्य्ले संचालित भैरहेको |यस समुहको उधेयस्य युवाहरु लाई एकीकृत गर्नु मात्र नभएर युवा सब्दको        रूप उल्टो बायू रुपमा युवको शक्ति ,जोष जगर आतलाई   उचित परिचालन गर्न समाजका अभिभावक , बुद्धिजीवीहरुसंग सरसल्लाह सहयोग लिई समाजका बिसंगति ,कुरीति तथा अन्धाबिस्वासलाई चिर्दै एउटा सफा ,सुन्दर शान्त समाज निर्माण गर्नु पनि रहेको |समाजमा रहेको कुरीति , कुसस्कार बिसंगातिलाई निर्मूल पार्न झैझागडा जाड रक्सी साथै जुवातास नियंत्रण गर्ने यस समुहको उदेश्य रहेको |साथै समाजमा हुने जतिपनी बिकाश निर्माणका कार्यलाई उचित निगरानी राखी चुस्त दुरुस्त कार्य गरौनमा सहयोग गर्ने उधेस्य पनि यस समुहको रहेको |
                   यस समूहले  बिकाश निर्माणका कामहरु पनि गर्दै आएको | अपर्याप्त रकम सोर्त साधनका बाबजूद पनि स्थापना देखि नै समाजमा रहेका पुराना संरचनाहरुलाई पुननिर्माण गर्ने काम गरेको | सिमित रकम भएपनि आज सम्म यो समूहले समाजमा मोटामोटी महत्वपूर्ण काम हरु मध्य वटा खानेपानी टंकी निर्माण गरेको अन्य पानीको मुललाई हेरचाह सफा गर्ने काम गरेको  | बाटो हिड़ने बटूवालाई थकाई मेटाउन बिभिन्न ठाउमा चौपारी निर्माण गरेको गोरेटो बाटो मरमत गरि सबैलाई सहज बनेको | गाऊ समाज सफा सुग्घर राख्नुपर्छ भन्ने  अभिप्रायले चर्पिको प्रयोग गर्नुपर्छ भन्ने अभियान  पनि चलाएको | यस  समूह अंतर्गतका अत्यंत न्यून अवस्था भएकाको लागि केही भएपनि उपचार खर्च समूहले दिदै  आएको | हाम्रो समूहमा हुने बिवाह ,पूजाआजा आदि मा दाजुभाई सरह सहयोग सल्लाह गर्दै आएको | अति मात्र नभएर गबिसले गर्ने बिकास निर्माणकाकम्मा आर्थिक श्रमदान  गरेका छौ |यो समुहको मुख्य आर्थिक आधार भनेको तिहारमा देउसी भैलो मार्फ़त औने भेटी ,शुभाकार्यमा नाचगान गरि संकलित रकम नै  हो |                             







No comments:

Post a Comment