The naturally beutifull village of Nepal never ends the way "कहिल्लै बाटो सकिदैन " ........
Tuesday, February 2, 2010
Monday, January 4, 2010
लिम्घा - एक चिनारी
लिम्घा
लिम्घा गबिस गुल्मी जिल्लाको पूर्बी भागमा पर्दछ |यसको पुर्बमा फोक्सिंग र ठुलो लुम्पेक गाबिस ,पश्चिममा रिमुवा ,उत्तरमा हंसरा र दछिनामाँ अस्लेवा गाबिस पर्दछ |भौगोलिक हिसाबमा यो गाबिस दुई भागमा अबस्थित छ |वडा नंबर एक देखि छ माथिल्लो भागमा र सात देखि नौ तल्लो भागमा
अवस्थित छन| | गाबिस भित्र टोल हरु पनि छन |प्रमुख टोलहरुमाँ आरनटोल ,खोरडाडा ,भिर्कुना ,राममंदिर ,कोलडाडा ,ढाब ,कोटटोला ,बिरम्दिप ,कपरकोट ,शाहिटोल ,बाघखोरटोल ,काफलडाडा ,नादेवा ,एक्सिंग , स्यांग ,पीपलडाडा ,बाईडाडा ,र ओडारकुन आदि |
नामकरण
प्राचीनकालमा प्रतापसिं भन्ने भूरे राजा बाट बिध्धापति भन्ने ज्ञवाली का पुर्खाले चम्सुरा देउराली देखि बडीघाट सम्म लिदी लुम्दी गरि रु. पांच सय माँ लिएको हुनाले उक्त समयमा लिदिघाट लिदिघाट भन्दा भन्दै पछि अप्भ्रम्स भई लिम्घा नाम रहन गएको भन्ने उक्ति छ |
यातायात
"लिम्घा गयो बाटो सकियो" भन्ने पुरानो उक्ति छ तर हाल गबिसमा मोटरबाटो पुगिसकेको छ |साघाट-लिम्घा मोटरबाटो र लुम्दी- पीपलडाडा मोटरबाटो | यो बाटोमा चल्ने प्रमुख सवारी साधनहरुमा टेक्टर ,जिप र मोटरसाइकिल हुन |बुटवल -बुर्तिबांग सड़क लिम्घा गबिसको तल्लो भाग भएर जाने हुदा सो सड़क मा बस लगाएत सबै सवारी साधन चल्छ्न| मोटरबाटो बिग्रदा को बिकल्पको रुपमा खच्चरको प्रयोग पनि गरिन्छ |
बिधुत र संचार
लिम्घा गाबिस को वडा नंबर ६,७ र ८ मा वि.सं.२०५१ सालमा बिधुतिकरण भएको हो भने बाकि वडा मा वि.सं.२०६६ मा बिधुतिकरण भएको हो |यो गाबिस एउटा हुलाक कार्यालय छ |नेपाल टेलिकमको सी. डी .एम .ए. इसकाइ का फोन तथा मोबाइल सेवा चालू छ |लिम्घा को वडा नंबर ७ ,८ र ९ नेपाल टेलीभिजन बाहेक अन्य टी. भी.चैनल पनि हेर्न सकिन्छ भने अरु सबै वडा मा नेपाल टेलीभिजन मात्र हेर्न सकिन्छ |माथिल्लो भाग मा भारतको दूरदर्शन सेवा पनि हेर्न सकिन्छ |अहिले खासगरी गुल्मी ,पाल्पा ,अर्घखांची ,रुपन्देही लगायत बाट प्रसारण भएका एफ.एम् .रेडियो र नेपाल टेलीभिजन नै देश बिदेश को ताजा समाचार पाउने प्रमुख साधन हुन |
पेशा र चाडपर्ब
प्रमुख पेशा कृषी नै हो |भारतीय सेना र ब्रिटिष सेना मा जागीर गर्ने हरु पनि निकै छन|हाल बैदेशिक रोजगार मा जाने हरु पनि निकै छन |चाडपर्ब मा हन्दू हरुले मानदै आएका दशे ,तिहार ,तीज ,पंचमी आदि छन |
शैच्छिक
लिम्घा गबिसमा भएका बिधालयहरु १ )श्री सरस्वती मा .वि .लिम्घा -५ , २) श्री एक्सिं मा .वि .लिम्घा -९ ,
३) सत्तेवती प्रा.वि.लिम्घा -६, ४ ) नबदुर्गा प्रा.वि.लिम्घा -७, ५) पुस्पमोहन प्रा.वि.लिम्घा -२ ,६) लालिगुराश बोडिंग स्कूल लिम्घा -५
पेशा र चाडपर्ब
प्रमुख पेशा कृषी नै हो |भारतीय सेना र ब्रिटिष सेना मा जागीर गर्ने हरु पनि निकै छन|हाल बैदेशिक रोजगार मा जाने हरु पनि निकै छन |चाडपर्ब मा हन्दू हरुले मानदै आएका दशे ,तिहार ,तीज ,पंचमी आदि छन |
शैच्छिक
लिम्घा गबिसमा भएका बिधालयहरु १ )श्री सरस्वती मा .वि .लिम्घा -५ , २) श्री एक्सिं मा .वि .लिम्घा -९ ,
३) सत्तेवती प्रा.वि.लिम्घा -६, ४ ) नबदुर्गा प्रा.वि.लिम्घा -७, ५) पुस्पमोहन प्रा.वि.लिम्घा -२ ,६) लालिगुराश बोडिंग स्कूल लिम्घा -५
Subscribe to:
Posts (Atom)












